NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा १२ सय २० रुपैयाँ निर्धारण गरिएको थियो ।