NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

महिला साफ च्याम्पियनसिप : समूह चरणमा को–को छन् नेपालका प्रतिद्धन्द्धी ?

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा हुँदैछ । यसैबीच, यसको समूह विभाजन सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले हालै सार्वजनिक गरेको समूह विभाजन नेपालले सहज प्रतिद्धन्द्धी पाएको फुटबल पण्डितहरूले विश्लेषण गरेका छन् ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ’बी’ मा रहेको छ ।

नेपालको समूहमा श्रीलंका र भुटान छन् ।

यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेका छन् ।

साफ अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । नेपालले यसअघि पनि अघिल्लो अर्थात पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

विराटनगरमा आयोजना भएको साफको उक्त उपाधि आयोजक नेपाललाई हराउँदै भारतले जितेको थियो ।

यसैबीच नेपाली टोलीका प्रशिक्षक कुमार थापाले ५८ खेलाडी बोलाएर साफका लागि बन्द प्रशिक्षण सुरु गरिसकेका छन् ।

को–को छन् खेलाडी ?

Preliminary Squad:
Anjila Tumbapo Subba, Anjana Rana Magar, Usha Nath, Kabita Bk, Samjhana Chaudhary, Sabitri Kishan, Amrita Jaishi, Gita Rana, Punam Jargha Magar, Hira Kumari Bhujel, Puja Rana, Bimala Bk, Sirjana Singh, Nisha Thokar, Saloni Rana Magar, Srijana Chemjong, Samiksha Ghimire, Khusma Rai, Ganga Gurung, Monika Kuswar, Sabina Chaudhary, Rojina Shrestha, Renuka Hamal, Kumari Tamang, Rebika Pandey, Monika Pulami Magar, Sunkala Rai, Renuka Nagarkoti, Dilkumari Rana Magar, Purnima Hamal, Saru Limbu, Bimala Chaudhary, Anita Basnet, Preeti Rai, Dipa Rai, Indira Rai, Manjali Kumari Yonjan, Nirmala Upadhyay, Dipa Shahi, Hima Chaudhary, Birsana Chaudhary, Saraswati Ayer, Sumitra Singh Pakhrin, Deepa Neupane, Srijana Khadka, Sanju Kumal, Sabitra Bhandari, Anita Kc, Saraswati Rokaya, Nirmala Bk, Sabita Rana Magar, Rashmi Kumari Ghising, Rajani Thokar, Chandra Bhandari, Amisha Karki, Rekha Poudel, Kusum Khatiwada, Sadipa Bholan.