NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कार्यक्रम एमालेको, प्रचार पत्रकारको

काठमाडौं । एमालेले महंगी र भ्रष्टाचार विरूद्ध काठमाडौंमा बृहत्त जनप्रदर्शन आयोजना गरेको छ । स्थायी समिति सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकमा गठित जनपरिचालन समितिले उपत्यका केन्द्रीत विरोध प्रदर्शन गर्न लागिएको हो ।

‘अति बढ्यो मंहगी र भ्रष्टाचार । जनताको होइन, माफीयको सरकार’ भन्ने नाराकासाथ साउन १६ गते बसन्तपुरमा दिउँसो २ विरोध प्रदर्शन हुने एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए । निरौलाका अनुसार विरोध प्रदर्शन बसन्तपुरबाट सुरू भएर बांगेमुढा, असन हुँदै शान्तिबाटीकामा आएर विरोधसभा हुनेछ । विरोध सभालाई पदाधिकारीमध्ये एक जनाले सम्बोधन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।

जनपरिचालन समितिका सदस्यहरूमा काठमाडौं उपत्यकाका भूगलबाट तीन जिल्लाका अध्यक्ष, जनवर्गीय संगठनका अध्यक्षहरू, पार्टी प्रदेश समितिका अध्यक्ष र इन्चार्ज, सम्पर्क समन्वय समितिको अध्यक्ष, उपत्यका विशेष समितिका अध्यक्ष सदस्य रहेका छन् ।

अहिले एमालेका विभिन्न भातृसंगठनले विरोधसभाको प्रचारप्रसारले जामाजिक सञ्जाल भरिएको छ । विरोधसभालाई एमाले निकट पत्रकार संगठन प्रेस चौतारीलेसमेत व्यापक प्रचारप्रसार गरेको देखिन्छ । कार्यक्रम पार्टीको भएपनि चौतारीले विरोधसभालाई आक्रामक रूपमा प्रचार गरेको देख्न सकिन्छ ।

यसै विषयमा अध्यक्ष निरौलाले जानवर्गीय संगठनका अध्यक्षसमेत जनपरिचालन समितिका सदस्यरहेकाले प्रचारप्रसार हुनु स्वभाविक रहेको बताए ।

‘कृष्णगोपालको संयोजकमा गठन भएको जनपरिचालन समितिमा उपत्यका भूगोलबाट तीन जिल्लाका अध्यक्षसहित जनवर्गीय संगठनका अध्यक्षसमेत सदस्य रहेका छन्’, उनले भने, ‘जनजीविकाको सवालमा पार्टीले उठाएका एजेण्डा र कार्यक्रममा जनवर्गीय संगठनको ऐकेबद्धता हुनु स्वभाविक र सान्दर्भिक छ ।’

एमालेमा २२ वाट जनवर्गीय संगठन रहेको छ । विरोध प्रदर्शनका लागि एमालेले काठमाडौं उपत्यकाबाट व्यापक जनसहभागीता जनाउने भएको छ ।