NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

के–के निर्णय गर्‍याे प्रेस युनियनको ११७ सदस्यीय नयाँ कार्यसमितिको पहिलो बैठकले ?

काठमाडौं । नवौं महाधिवेशनबाट चयन भएको नेपाल प्रेस युनियनको पहिलो बैठक बसेको छ । बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन संचार प्रतिष्ठानलाई आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

११७ सदस्यीय कार्यसमितिको शनिबार बसेको बैठकले पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा संचारमाध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनर्वहालीको लागि सम्बन्धित संचारमाध्यमको ध्यानाकर्षण गराउने, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्ने र श्रमजिवी ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार र संचार प्रतिष्ठानको ध्यानाकर्षण गराउने निर्णय पनि पहिलो बैठकले गरेको छ ।

मकवानपुरकाे हेटौंडामा साउन ६ र ७ मा भएको महाधिवेशनबाट शिव लम्सालको नेतृत्वसहित ११७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

२०४८ सालमा स्थापना भएकाे युनियन नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था हाे ।