NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

हिमाल दोलखाको सेयर कारोबारमा रोक

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले सेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद सेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हकप्रद सेयर दिने प्रस्ताव गरेको हो ? भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

सो कम्पनीले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई सेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाएको छ ।