NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्दै

काठमाडौं । द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने भएको छ । कलेजले उक्त इन्टर कलेज फुटसल टोर्नामेन्ट आउँदो अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थित ढुकु फुटसलमा गर्ने भएको हो ।

विगत दुई वर्ष कलेजले कारोनाका कारण सो प्रतियोगिता गर्न सकेको थिएन । यस भन्दा अघि उक्त प्रतियोगिता सन् २०१८ र २०१९ मा भएको थियो । तर यो वर्ष भने कलेजले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको जनाएको छ । कलेको उक्त प्रतियोतिमा १३ कलेजबीच प्रतिस्पर्धा हुन लागेको छ ।

प्रतिस्पर्धामा जित्ने समूहले एक लाख नगद पुरस्कार पाउने आयोजकले बताएका छन् । त्यस्तै दोस्रो रनर अपले ५० हजार, उत्कृष्ट खेलाडी र गोलरक्षकले नगद १० हजार रुपैयाँ पाउने छन् ।

कार्यक्रममा कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले कोरोना महामारीको कारण केहि वर्ष कार्यक्रम हुन नपाएको बताउँदै नयाँ उत्साहका साथ यो कार्यक्रम गर्न पाउँदा खुसी भएको बताए । उनले भने, ‘पहिले भन्दा पनि धेरै टोलीलाई सहभागी गराई यस कार्यक्रमलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौं ।’

कलेजका अनुसार सो प्रतियोगिताको मूख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ भने अन्य एयरलाइन्स पार्टनरमा टर्किस एयरलाइन्स, ट्राभाल्स पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्स, हस्पिटालिटि पार्टनरमा मोजो बुटिक, होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल रहेको कलेजले उल्लेख गरेको छ ।

ब्रिटिस कलेजसहित लिटस एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स,आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज,क्याम्पियन कलेनज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेज प्रतियोगितामा भाग लिने कलेजले जनाएको छ ।