NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आफ्ना तस्बिर बिज्ञापनमा दुरुपयोग भएकोमा केकीको आपत्ति

काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो तस्बिर बिज्ञापनमा दुरुप्रयोग भएको भन्दै आपत्ति जनाएकी छन् ।

अनुमतिबिना नै बिज्ञापनमा आफ्ना तस्बिर राखेर भ्रामक प्रचार गरिएको उनको भनाइ छ ।

केकीले आफ्ना तस्बिर राखेर गरिएका बिज्ञापनमा नपत्याउनसमेत सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । ती भ्रामक भएको उनले स्पष्ट पारेकी छिन् ।

केही बिज्ञापन उत्पादन कम्पनीले केकीका तस्बिर राखेर बिज्ञापन सार्वजनिक गरेका थिए ।