NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मरासिनी देखिएनन्, पुष्करले गरे अर्थमन्त्री शर्मालाई स्वागत

काठमाडौं । करको दर हेरफेरमा संसदीय समितिको छनबिनले सफाइ दिएपछि अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएका छन् । उनलाई आज प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् ।

बजेट भाषणको अघिल्लो दिन मन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिएर करको दर हेरफेर गराएकोबारे लागेको आरोप पुष्टि हुन नसकेपछि माओवादी केन्द्रले उनलाई फेरि मन्त्री बनाउने भएको हो ।

अर्थमन्त्री शर्माले शपथपछि तुरुन्तै अर्थ मन्त्रालय गएर पदभार सम्हाले ।

तर, त्यहाँ अर्थ सचिव मधुकुमार मरासिनी देखिएनन् । मरासिनी मन्त्रीपछि समग्र मन्त्रालय हेर्ने सेकेन्ड म्यान हुन् ।

अर्थ मन्त्रालयमा दुईजना सचिव रहने व्यवस्था छ । राजश्वको पाटो हेर्ने अर्का सचिव कृष्णहरि पुष्करले नै अर्थमन्त्री शर्माको स्वागत गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार मरासिनी काम विशेषले शुक्रबार नै पोखरा पुगेका हुन् । तर, कहिले फर्किने भन्नेबारे टुंगो छैन ।

तर, कतिपयले भने उनी अर्थमन्त्रीको सपथ र पदभार छल्न पोखरा गएको बताइरहेका छन् ।

मन्त्रालयमा शर्माको स्वागतको तयारी, अर्थ सचिव पोखरामा !