NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो, तर जोखिम कायमै

भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो ।

दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको र गन्तव्यमा हिँडेका सवारी साधन गुड्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रवीन विष्टले जानकारी दिए ।

गएरातिदेखि लगातार पानी परिरहेका कारण सो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।