NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

टीभीएसले ल्यायो ‘बबाल फाइनान्स अफर’

काठमाडाैं । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ ‘बबाल फाइनान्स अफर’ ल्याएको छ । जगदम्बा मोटर्सले आकर्षक सुविधा सहितको योजना सार्वजनिक गरेको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरूले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउन पेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमशस् जुपिटरमा तीन हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा पाँच हजार २५४ रूपैयाँ र अपाचे आरटीआर २०० फोर भीमा ६ हजार ८२२ रूपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, अपाचे आरटीआर २०० फोर भीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकन गराउने टीभीएसले जानकारी दिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले झन्झटमुक्त प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष