NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेस नेता पौडेल र गृहमन्त्री खाणबीच भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । खाणले बोहोराटारस्थित पौडेल निवासमै पुगेर भेट गरेका हुन् ।

भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको खाणले बताएका छन् ।

‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,’ खाणले भने ।

कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ । यही बेला खाणले पौडेलसँग भेट गरेका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष