NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सरकारलाई विप्लवको चेतावनी : हामी हातमा दही जमाएर बस्दैनौं

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वायन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।

सोमबार जिल्ला अदालत ललितपुरले विप्लवसहित शिर्ष नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपाले कडा विज्ञप्ति जारी गरेको हो । प्रवक्ता प्रकाण्डद्ववारा जारी गरेको विज्ञेप्तिमा गठबन्धन सरकारले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएको छ ।

‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरूद्ध आज घटाएको घटनालाई तुरुन्त रोकिएन तथा तीन बुँदे सहमति कार्यान्वायन नभए हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने कुरा शेरबहादुर देउवा नेतृत्वको सरकार र राज्यका अधिकारीहरूलाई चेतावनी दिन चाहन्छौं । यसबाट भविष्यमा निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र अधिकारी हुनुपर्नेछ’, विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष