NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

काठमाडाैं । नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो ।

तर, देशको शिक्षा प्रणालीले हाइब्रीड सिकाइलाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको साथ साझेदारीमा प्रवेश गरेको छ । विगत केही वर्षदेखि, राकुटेन भाइबर नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न, अनिवार्य अनलाइन शिक्षा र हाइब्रीड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेको छ ।

नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पहिलो पटक, दूर्गम क्षेत्रको विद्यार्थीहरूलाई पनि समान अवसर प्रदान गर्ने उद्देश्यका साथ नेपाल स्पेल बीले भाइबरसँगको सहकार्यमा आफ्नो पाँचौँ सिजनको अडिसनलाई डिजिटाइज गर्दैछ । यो नेपाल स्पेल बीका लागि एक महत्त्वपूर्ण उपलब्धि हो किनकि अघिल्लो सिजनहरूका परिक्षा कागजमा आधारित मात्र हुने गर्थ्यो, जसले गर्दा कति योग्य विद्यार्थीहरू प्रतियोगितामा भाग लिने मौका नपाएको पनि आयोजकको ठहर छ । प्रतियोगिताको डिजिटाइजेशन र भाइबरमार्फत् नयाँ एपलिकेशन मोडसँगै, नेपालभरका विद्यार्थीहरूका लागि प्रतियोगितामा सहभागी हुन सजिलो र सुविधाजनक भएको र विगतका प्रतियोगिताभन्दा यस वर्षको वृहत र भब्य रहनेमा नेपल स्पेल बी पूर्ण विश्वस्त छ ।

च्याटबटको साथै, भाइबरले नयाँ Nepal Spell Bee, नामक च्यानल पनि सार्वजनिक गरेको छ, जहाँ सहभागी र फ्यानहरूले क्वीज, पोल र मिनी गेमहरू जोइन गर्न सक्नेछन् । र त्यो पनि पर्याप्त नभए, दर्शकहरूका लागि घरै बसी रमाइलोमा सामेल हुन मिल्ने स्टीकर प्याक र अन्तरक्रियात्मक लेन्सहरू पनि एपले सार्वजानिक गर्नेछ ।

भाइबरले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर जान र प्राविधिक नवीनतालाई अँगाल्न जारी राख्दास् मलिन मिडिया र नेपालको अग्रगामी स्पेल बी शोले यसको नयाँ सिजनका लागि ग्लोबल मेसेजिङ एपसँग सहकार्य गर्दा यसमा आश्चार्य मान्नु पर्ने केही छैन । मलिन मिडियाको सिईओ महेश पोखरेल आफ्ना कराहरू यसरी राख्छन्ः ‘नेपाल स्पेल बीको सिजन ५ लाई डिजिटाइज गर्न हामीले किन पनि भाइबरसँगै साझेदारी गर्यौँ भने सिजन ४ को बेला हामीले विद्यार्थीहरूलाई नेपाल स्पेल बीको मेसेजहरू कुन कम्यूनिकेशन एपलिकेशनबाट फ्लो गर्दा उपयुक्त होला भनेर प्रश्न गर्दा अधिकांशले भाइबर रोजेको पायौँ । भाइबरको कम्यूनिटी ग्रुपसँग ठूलो जमातको सदस्यहरू समावेश गर्न मिल्ने क्षमता छ, जहाँ हामीले एकैसाथ बृहत दर्शकहरूलाई मेसेज फ्लो गर्न सक्छौँ । र यो एप चलाउन पनि एकदम सजिलो छ । चलाउन पहिले सिकिराख्नु पर्ने झन्झट हुँदैन ।’

विभिन्न पहलहरूबाट शिक्षा क्षेत्रलाई भाइबरले सदैब सकृय रूपमा सहायता गर्दै आइरहेको छ, र आफ्नो नेपाली प्रयोगकर्ताहरूका लागि नेपाल स्पेल बीसँगको सहकार्य पछिल्लो गतिविधिहरूमध्ये सबैभन्दा नयाँ हो । भाइबर शिक्षक र विद्यार्थीहरूद्वारा विश्वास गरिएको विश्वको अग्रणी कम्यूनिकेशन एपहरूमध्ये एक हो जसले नेपालमा अपनाउन थालिएको हाइब्रिड सिकाइ प्रणालीमा महत्त्वपूर्ण भूमिका निभाउँदै आइरहेको छ । बहु(प्रतीक्षित क्याम्पेनको बारेमा एसिया पेसेफिकका लागि राकुटेन भाइबरको सिनियर डाइरेक्टर डेभिड चेले आफ्ना कुराहरू यसरी राख्छन्ः ‘नेपाल स्पेल बीले आफ्नो इतिहासमै पहिलो पटक यस्तो भब्य र एैतिहासिक कार्यक्रम आयोजन गर्नका निम्ति होम्रो कम्यूनिकेशन प्लेटफर्मलाई विश्वास गरेकोमा नेपालको विद्यार्थी र मलिन मिडियाप्रति हामी आभारी छौँ । राकुटेन भाइबरको सम्पूर्ण टीमका लागि यो गर्वको विषय हो । विश्वको शिक्षा प्रणालीले हाइब्रीड शिक्षा आतमसाथ गरेसँगै हामी आशावान छौँ कि हामीबीचको यस सहकार्यले दिघो समयसम्म निरन्तरता पाउनेछ । र हामी यो कुरालाई लिएर पनि पूर्ण रूपमा विश्वस्त छौँ कि यो डिजिटाइजेशनले नेपाल स्पेल बीलाई देशभरबाट प्रतिभाशाली विद्यार्थीहरू खोज्न मद्दत गर्नेछ र एक कदम उनीहरूको सपनाको नजिक ल्याउने छ ।’

गत वर्षको स्पेल बीको विजेता सुजल भस्याललाई यस वर्षको स्पेल बीको अडिसनलाई डिजिटाइज गरिएको बारेमा प्रश्न गर्दा, भस्याल निकै उत्साहित देखिन्छन् र डिजिटाइजेशनको फाइदाहरूमाथि यसरी प्रकाश पार्छन्ः ‘स्पेल बीको अडिसनलाई डिजिटाइज गर्नु एकदमै राम्रो निर्णय हो किनभने यसो गर्दा दूर्गम क्षेत्रका विद्यार्थीहरूले पनि मोबाइल र ल्यापटप मार्फत प्रतिस्पर्धा गर्न सक्छन् र विद्यार्थी र ‘परिवारे यात्रा गर्नु पर्दैन।’

कार्यक्रमको लागि दर्ता गर्न योग्य विद्यार्थीहरू १६ वर्षभन्दा माथि र हाल उच्च माध्यमिक तहमा अध्यनरत हुनुपर्दछ। विद्यार्थीहरूले नेपाल स्पेल बीको च्याटबटमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन् । च्याटबट भाइबरमा अगष्ट १ गतेदेखि २० गतेसम्म उपलब्ध हुनेछ । त्यसपछि सर्टलिस्ट गरिएका विद्यार्थीहरूलाई अन-ग्राउन्ड एक्टिभेसनका लागि विभिन्न २४ स्थानमा बोलाइनेछ र अगष्ट २६ बाट सुरू हुने क्वालिफाइङ राउण्डका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रयोगकर्ताहरूले अब यस च्यानलमा सामेल हुन, कार्यक्रमको बारेमा विशेष अपडेटहरूको आनन्द लिन र सिजन अगाडि शैक्षिक तर रमाइलो गतिविधिहरूमा भाग लिन सक्नेछन् । स्टीकर प्याक र लेन्सहरू पनि चाँडै लञ्च हुने तयारीमा छन् ।

नेपाल स्पेल बीको नयाँ सिजनका लागि विद्यार्थीहरूले चाँडै भाइबरको च्याटबटमार्फत् नाम दर्ता गर्न, शोको च्यानल जोइन गर्न, र स्टीकर प्याक र लेन्सहरू डाउनलोड गर्न सक्नेछन् ।