NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कसले कतिपटक जितेको छ फ्रेन्च सुपर कप ?

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा ८१ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको नान्टेसलाई ४–० गोल अन्तरले हराउँदै पिएसजीले उपाधि जितेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे ।

फ्रेन्च लिग वान र फ्रेन्च कपको विजेताले सुपर कप खेल्ने गर्छन् ।

यस जितसँगै पिएसजीले फ्रेन्च सुपर कपको उपाधि सर्वाधिक ११ पटक जित्न सफल भएको छ ।

यस्तै, हालसम्म १४ टोलीले यो उपाधि हात पार्दा लियोनले ८ पटक जितेको छ ।

यसैगरी, रेमिसले ५, मोनाकोले ४, नान्टेस, बोर्डेक्स र मार्सेईलेसमान ३ पटक उपाधि उचालेका छन् ।

एकपटक मात्रै उपाधि जित्ने टोली भने ६ वटा छन् ।

हेरौं सूची :

जर्मन सुपर कप : बायर्नले १० औँ पटक जित्दा कसले कतिपटक जितेका छन् ?

इंग्ल्याण्डले पहिलोपटक जित्यो महिला युरोकपको उपाधि