NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महावीरले भने, ‘केही सीप नलागे चुनाव लड्ने हो’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले चुनाव अर्को स्थानीय तहको चुनाव लड्नसक्ने सम्भावना रहेको बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

पुनले आफूले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्न चाहेको बताएका छन् ।

उनले केही सीप नलागे चुनाव लड्ने बताएका छन् । तर, केही नलाग्ने स्थिति के हो भन्ने चाहिँ खुलाएका छैनन् ।

‘आगामी स्थानीय चुनावमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा उठ्नु पर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि !’, उनले फेसबुकमा लेखेका छन् ।