NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए, घटना रहस्यमय

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीका एकै परिवारका चारजना मृत भेटिएका छन् ।

गोरखा घर भइ काभ्रेस्थलीको पदमसाल बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ७ वर्षका छोरा आशिक र ११ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका हुन् ।

चारजना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएपछि घटना रहस्यमय बन्दै गएको छ ।

घटनाको प्रकृति हेर्दा दिनेशले सबैको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

दिनेश र सुनिताबीच पारिवारिक बेमेल रहेको छिमेकीहरूले बताएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।