NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

झिनो अंकले बढ्यो नेप्से

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले बढेर ४२१.१४ मा पुगेको छ । आज कूल २१७ कम्पनीको एक करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर खरिदबिक्री हुँदा चार अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारमा आइका कूल १३ उपसमूहमध्ये बैंक, व्यापार, जलविद्युत, उत्पादन, र लगानीको सेयर मूल्य बढेको छ । ती उपसमूहको सेयरमूल्य क्रमशः ०.४, ३. ५४,०.७२, १.९९ र ०.७१ प्रतिशतले बढेको छ । आज होटल तथा पर्यटन २, विकास बैंक १।४५, वित्त ०।१, नीर्जीवन बीमा कम्पनी ०।२३, अन्य ०।६५, लघुवित्त १।१८, जीवन बीमा कम्पनी ०.१९ र सामूहिक लगानी कोष ०.३९ अंकले ओरालो लागेको छ ।

कारोबार रकमको आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रूपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड २७ लाख ७३ हजार ५३४रूपैयाँ, एचआइडिसिएलको १३ करोड ७६ लाख ७० हजार ७०४ रुपैयाँ, एपिआई १२ करोड ९१ लाख ८९ हजार ५६४ र एचपिसीको १२ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।