NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओली पुगे पशुपति !

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गंगा आरतीमा सहभागी हुन सोमबार साँझ पशुपति क्षेत्रमा पुगेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरती हेर्न पशुपतिनाथ मन्दिर पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कम्युनिस्ट नेता भए पनि ओली धर्मकर्ममा सहभागी हुने गर्छन् । उनी गंगा आरतीको वार्षिकोत्सवमा सहभागी हुन पशुपति क्षेत्रमा पुगेका हुन् ।

बागमतीको किनारामा हरेक शनिबार आरती हुने गरेको छ । आज साउने सोमबार भएकाले आरती हुन लागेको हो ।

राष्ट्रघाती देउवा सरकारलाई तत्काल विघटन गरी चुनावमा जानुपर्छ : महासचिव पाेखरेल