NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीका एकै परिवारका चारजना मृत भेटिएको घटनाको रहस्य खुल्दै गएको छ ।

गोरखा घर भइ काभ्रेस्थलीको पदमसाल बस्दै आएका दिनेश पाण्डेले श्रीमती सुनीता काप्री पाण्डे, ७ वर्षका छोरा आशिक र ११ वर्षकी छोरी आशिकालाई हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

घटनास्थलमा भेटिएको सुसाइड नोट दिनेशको रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । जहाँ उनले श्रीमती सुनीताको सम्बन्ध अरु कोहीसँग भएको साथै घर व्यवहारमा पनि ससुरालीले हस्तक्षेप गरेकाले घटना घटाएको उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार दुई छोरीछोरीका हत्याबारे चाहिँ दिनेशले माया लागेर उनीहरूलाई सँगै लिएर गएको बताएका छन् ।

सोमबार बिहान चारजना घरमै मृत भेटिएका थिए । ‘सुसाइड नोट’ पनि भेटिएपछि घटना रहस्यमय बनेको थियो ।

काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिए, घटना रहस्यमय