NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अमेरिकाको कक्षा ७ मा विष्णुमायाको जीवनी

काठमाडौं । अमेरिकाको मासचुसेट्स राज्यको सरकारी विद्यालयहरूको कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ । ‘विश्वको इतिहास र भूगोल विषयको छुवाछूत र दिगो विकास लक्ष्य १०’ शीर्षकको १२ नम्बरको पाठमा अमेरिका निवासी डा. परियारबारे तयार पारिएको वृत्तचित्र अनटचेबलसमेत समावेश गरिएको छ ।

उक्त पाठमा नेपालमा व्याप्त जातीय विभेद र असमानताका विषय समेटिएको छ । उक्त वृत्तचित्र नेपालमा जातीय विभेद र यसले सिर्जना गरेको असमानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा. परियारको संलग्नताको विषयमा समावेश छ । यस पाठमार्फत विद्यार्थीले कानून र शिक्षाजस्ता विधिहरूमार्फत असमानतालाई सम्बोधन गर्ने अन्य तरिकाहरू पनि अन्वेषण गर्ने र स्थानीय तथा विश्वव्यापी रूपमा असमानतालाई सम्बोधन गर्न आफूले खेल्न सक्ने भूमिकालाई विद्यार्थीले विचार गर्ने विश्वास गरिएको छ ।

नेपालमा जातीय व्यवस्था अन्त्य गर्न विष्णुमाया परियारको कार्यका उदाहरण पेस गरी सामाजिक उद्यमशीलतामार्फत दक्षिण एसियामा असमानतालाई कसरी सम्बोधन गरिएको छ भनी ब्याख्या गर्नु उक्त पाठको मुख्य उद्देश्य हो, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।