NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सरकारले कुरा सुनेन, पूरा गराउन धर्ना बस्दै नरेन्द्र मोदीका भाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदी सरकारले आफ्नो माग सम्बोधन नगरेपछि धर्नामा बस्ने भएका छन् । त्यसका लागि उनले दिल्लीको जन्तर मन्तर राेजेका छन् ।

प्रह्लाद अल इन्डिया फेयर प्राइस शप डिलर्स फेडरेशन (आईएफपीएसडीएफ) का उपाध्यक्ष हुन् ।

धर्नामा उनलाई एआईएफपीएसडीएफका अन्य सदस्यहरूले साथ दिनेछन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, आईएफपीएसडीएफले धर्नापछि आफ्ना माग सम्बोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाउँदै छ ।

त्यसैगरी, यसका सदस्यहरूले बुधबार लोकसभा अध्यक्ष ओम बिरलालाई भेट्ने योजना पनि बनाएका छन्।

चामल, गहुँ र चिनीमा भएको नोक्सानीको क्षतिपूर्तिसहित नौवटा माग एआईएफपीएसडीएफले अघि सारेको छ ।

पश्चिम बङ्गालले अवलम्बन गरेको ‘रासन मोडल’ देशभर लागू गर्नुपर्ने अर्को माग पनि उसको छ ।