NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

एमालेले १० देखि ३० हजार मतान्तरले जितेका २८ सिट कुन–कुन हुन् ?

काठमाडौं । २०७४ सालको चुनावमा एमाले र माओवादी मिल्दा देशैभर कांग्रेसले शर्मनाक पराजय बेहोरेको थियो । एमाले र माओवादीले १६५ सिटमा ६०/४० को भागबण्डा गरेपछि कांग्रेस २३ सिटमा खुम्चिएको थियो । तर एमालेले ८० र माओवादीले ३६ सिट जितेका थिए ।

एमाले र माओवादीका उम्मेदवार धेरै ठाउँमा फराकिलो मतान्तरले पनि जित्न पुगेका थिए । एमालेले जितेका ८० सिटमा २८ सिट उसले १० हजार बढीको अन्तरले जितेको थियो ।

एमालेको प्रभावक्षेत्र रहेका प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीमा उसले १० हजारभन्दा बढी अन्तरले चुनाव जितेको थियो ।

कहाँ कसले जिते १० हजार बढीको अन्तरले ?

प्रदेश १

ताप्लेजुङ १ बाट चुनावमा उठेका एमालेका योगश कुमार भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरे उनले कांग्रेसका केशव प्रसाद दाहाललाई पराजित गर्दै १२ हजार ५९१ मतान्तरको अन्तरले जित हासिल गरेका थिए । उनले २९ हजार ४ सय ७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए ।

त्यस्तै पाचँथर क्षेत्र न.१ बाट उठेका एमालेका बसन्तकुमार नेम्वाङले कांग्रेसका भीष्मराज आङदेम्बेलाई १० हजार ६१६ मतान्तरले हराएका थिए । उनले ३८ हजार ६४१ मत ल्याउँदा आङदेम्वेले २८ हजार २५ मत ल्याएका थिए ।

इलाम १ मा एमालेका झलनाथ खनालसँग कांग्रेसका भुपेन्द्र कट्टेल १७ हजार १६७ मतले पराजित हुन पुगे । खनालले ३६ हजार ८०५ मत हासिल गरेका थिए ।

झापा २ बाट एमालेकी पवित्रा निरौला खनालले कांग्रेसका उद्धव थापालाई १३ हजार ७६७ मतान्तले पराजित गरेकी थिइन् । उनले ४५ हजार ८१७ मत प्राप्त गर्दा कांग्रेसका थापाले ३२ हजार ५० मत प्राप्त गरे ।

झापा ४ मा पनि एमालेका लालबाबु सावाँ लिम्बुले कांग्रेसका देउकुमार थेवेलाई १६ हजार ६९३ मतले पराजित गरिदिए । लिम्बुले ४३ हजार ५१५ र थेवेले २६ हजार ८२२ मत ल्याए ।

यसै गरी झापा ५ बाट एमालेका केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याउँदै कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८४२ मतले हराए । अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए ।

धनकुटा १ मा एमालेका राजेन्द्रकुमार राईसँग राप्रपाका सुनिलबहादुर थापा १० हजार ४५९ मतान्तरले पराजित हुन पुगे । राईले ३७ हजार ३३३ मत ल्याउँदा थापाले २६ हजार ८७४ मत ल्याएका थिए ।

सुनसरी १ बाट एमालेका जयकुमार राई २२ हजार ४०५ मतान्तरले विजयी भएका थिए । उनले संघीय समाजवादी फोरम नेपालका अशोक कुमार राईलाई पराजित गरेका थिए । एमालेका राईले ४४ हजार ५२८ मत प्राप्त गर्दा कांग्रेसका राईले २२ हजार ४०५ मत प्राप्त गरे ।
खोटाङ १ मा एमालेका विशाल भट्टराईले कांग्रेसका सरस्वती वजिमयलाई १४ हजार ३७२ मतले पराजित गरे । भट्टराईले ३७ हजार ८३७ मत ल्याए भने वजिमयले २३ हजार ४६५ मत ल्याइन् ।

वाग्मती प्रदेश

दोलखा १ बाट एमालेका पार्वत गुरुङसँग कांग्रेसका रुद्रबहादुर खड्का ३० हजार ६४४ मतले पराजित भए । उनले २४ हजार ८१३ मत ल्याउँदा एमालेका गुरुङले ५५ हजार ४५७ मत हासिल गरेका थिए । यो गत निर्वाचनको सबैभन्दा फराकिलो जितहार हो ।

सिन्धुली १ मा एमालेका गणेशकुमार पहाडीले कांग्रेसका प्रेमचन्द्र दाहाललाई १०,१४० मतान्तरले पराजित गरिदिए । पहाडीले ३२ हजार ५२९ मत ल्याए भने कांग्रेसका दाहालले २२ हजार ३८९ मत प्राप्त गरेका थिए ।

त्यस्तै धादिङ १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीले विजय हासिल गरे । उनले कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मतले पराजित गरेका थिए । उनको ४९ हजार १२१ मत आउँदा कांग्रेसका अर्यालको २१ हजार ९६८ मत आयो ।

नुवाकोट २ मा पनि एमालेले जित निकालेको थियो । एमालेका नारायणप्रसाद खतिवडाले कांग्रेसका अर्जुननरसिंह केसीलाई १० हजार ५५७ मतले हार खुवाए । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गर्दा केसीले २६ हजार ३३५ मत प्राप्त गरेका थिए ।

काठमाडौं २ मा पनि एमालेका माधवकुमार नेपालले कांग्रेसका दीपकप्रसाद कुइँकेललाई १२ हजार ४६३ मतले पराजित गरे । नेपालले २७ हजार ३६६ मत ल्याएका थिए भने कुइँकेलले १४ हजार ९०३ मत ल्याए ।

भक्तपुर २ मा एमालेका महेश बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई १७ हजार ७२५ मतले पराजित गरे । बस्नेतले ३६ हजार ४१२ र ढुंगानाले १८ हजार ६८७ मत पाए ।

ललितपुर २ बाट एमालेकै कृष्णलाल महर्जनले जित निकाले । उनले कांगे्रसका चन्द्र महर्जनलाई १० हजार ७६८ मतान्तरले पराजित गराए । कृष्णलाल महर्जनले २७ हजार ७१३ मत ल्याउँदा कांग्रेसका चन्द्रले १६ हजार ९४५ मत प्राप्त गरेका थिए ।

काभ्रेपलाञ्चोक २ एमालेका गोकुलप्रसाद बाँस्कोटाले ५५ हजार ५२६ मत प्राप्त गरेर जित निकाले । उनले कांग्रेसका मधुप्रसाद आचार्यलाई १८ हजार ७७३ मतले पराजित गराएका हुन् । आचार्यको ३६ हजार ७५३ मत आएको थियो ।

यसै गरी मकवानपुर २ बाट एमालेका विरोध खतिवडासँग कांग्रेसकी महालक्ष्मी उपाध्याय(डिना) १२ हजार ३९१ मतले पराजित भइन् । खतिवडाको ४६ हजार ४८१ मत आएको थियो भने उपाध्यायले ३४ हजार ९४ मत ल्याइन् ।

चितवन १ मा एमालेका सुरेन्द्रप्रसाद पाण्डे विजयी भए । उनले कांग्रेसका राजेन्द्रप्रसाद वुलाकोर्टीलाई १५ हजार ७२० मतले पराजित गरेका हुन् पाण्डेले ५१ हजार ८० मत ल्याए भने बुर्लाकोटीको ३५ हजार ३६० मत आयो ।

चितवनकै क्षेत्र नम्बर २ मा पनि एमाले नै जितेको थियो । एमालेका कृष्णभक्त पोखरेलसँग कांग्रेसका शेषनाथ अधिकारी १७ हजार ३५६ मतले पराजित भए । पोखरेलले ४४ हजार ६७० र अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे ।

गण्डकी प्रदेश

कास्की १ बाट एमालेका खगराज अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई १३ हजार ४१६ मतले हराए । अधिकारीले ३९ हजार २४२ मत ल्याएका थिए । थापाले २५ हजार ८२६ मत पाए ।

स्याङजा १ मा पनि एमालेनै अगाडि आयो । एमालेका नारायणप्रसाद मरासिनीले ३९ हजार २२६ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । उनले कांग्रेसका राजु थापालाई १० हजार ५६४ मतले हार चखाए । थापाको २८ हजार ६६२ मत आएको थियो ।

बागलुङ १ मा एमालेका सूर्यप्रसाद पाठकसँग कांग्रेसकी चम्पादेवी खड्का १३ हजार ४१ मतले पराजित भइन् । पाठकले ३३ हजार ६५७ मत र खड्काले २० हजार ६१६ मत प्राप्त गरेका थिए ।

पर्वत १ बाट एमालेका पदम गिरी विजयी भए । उनले कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराए । कांग्रेसका जोशीको २६ हजार ८१९ र गिरीको ३९ हजार २७५ मत आएको थियो ।

लुम्बिनी प्रदेश

गुल्मी २ मा एमालेका गोकर्ण विष्टले कांग्रेसका चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मतले हराए । विष्टले ३४ हजार ६१८ मत ल्याए भने केसीले २० हजार १५७ मत हासिल गरे ।

पाल्पा २ मा एमालेकै सोमप्रसाद पाण्डेसँग कांग्रेका हरिप्रसाद नेपाल १० हजार ३४५ मतले पराजित भएका थिए । पाण्डेको ३४ हजार ८९९ मत आउँदा नेपालको २४ हजार ५५४ मत आएको थियो ।

रुपन्देही २ मा एमालेका विष्णुप्रसाद पौडेलले कांग्रेसका युवराज गिरीलाई २२ हजार ६३ मतान्तरले पराजित गरे । पौडेलको ४४ हजार ९ मत आउँदा गिरीको २१ हजार ९४६ मत आयो ।

दाङ १ बाट एमालेका मेटमणी चौधरीसँग कांग्रेसकी सुशीला चौधरी १३ हजार ८३४ मतान्तरले पराजित भइन् । एमालेका चौधरीले ३७ हजार ९०८ मत प्राप्त गरे भने कांग्रेसकी चौधरीले २४ हजार ७४ मत प्राप्त गरिन् ।

चुनावी तालमेलले गठबन्धन धर्मसंकटमा : प्रभावशाली नेताले नै टिकट नपाउने पक्का

सत्ता गठबन्धनबीच तालमेल भए पनि काठमाडौं ४ मा गगनलाई चुनाव जित्न कसरी हुँदैछ कठिन ?

चितवनबाट प्रचण्ड हार्ने हिसाबकिताब यस्तो छ

२०७४ को चुनाव : यी हुन् ५० हजार बढी लोकप्रिय मत ल्याएर जित्नेहरू

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?