NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

माल्दिभ्समा किरण उत्कृष्ट गोलरक्षक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक (गोलकिपर) किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिगको उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।

माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका उनी यो सिजन त्यहाँको धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

May be an image of 6 people and people standing

किरणले उत्कृष्ट प्रदर्शन गरेपछि माजियाले यस सिजनको उपाधि जितेको थियो । माजियाले लगातार तेस्रोपटक लिग उपाधि जितेको हो ।

सन् २०१८ को लिगमा पनि किरण उत्कृष्ट गोलरक्षक चुनिएका थिए ।

फिफा विश्वकप २०२६ छनोटको ढाँचा परिवर्तन