NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

लिग जितेसँगै किरणले राखे प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको शीर्ष लिग जितेसँगै आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् ।

उनी सम्मिलित माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले त्यहाँको धिवेही प्रिमियर लिग जितेसँगै उनले मैदानमै प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाइदिएका थिए ।

सो अवसरमा किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् ।

उनी यो सिजन लिगको उत्कृष्ट गोलकिपरसमेत घोषित भएका छन् ।

माल्दिभ्समा किरण उत्कृष्ट गोलरक्षक