NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपाललाई अब माल्दिभ्सको भर

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन् ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेका हुन् ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए । खेलमा अग्रता भने बंगलादेशले लिएको थियो । खेलको ६३ औं मिनेटमा पियास नोभाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६८ औं मिनेटमा निरञ्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि खेलमा झडप भएपछि नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएका थिए ।

यस बराबरीसँगै ४ खेलमा ७ अंक जोडेको नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ ।

अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

यदि, माल्दिभ्सले भारतलाई हराएका नेपाल फाइनलमा पुग्नेछ ।

भारतले जित वा बराबरी गरेको खण्डमा भने नेपाल बाहिरिने छ ।

तीन खेलाडीलाई रातो कार्ड, नेपालले खेल बराबरीमा ल्यायो