NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

आमिरको फिल्मलाई सामाजिक सञ्जालमा बहिष्कार, यी हुन् बहिष्कारमा परेर बक्स अफिसमा धूम मच्चाउने फिल्म

एजेन्सी । बलियउड अभिनेता आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को यतिबेला समाजिक सञ्चालमा बहिष्कारको लहर चलेको छ । आउँदो ११ अगस्टमा रिलिजको तयारीमा रहेको फिल्मलाई सामाजिक सञ्जालमा बहिष्कारको माग गरिएका हो । ट्वीटरमा यतिबेला ह्यासट्याग बाइकटलालसिंहचड्डाको ट्रेण्ड सुरु भएको छ । विरोधमा खनिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आमिरले आफ्नो फिल्ममा हिन्दु संस्कृतिको अपमान गरेको आरोप लगाएका छन् ।

तर, सामाजिक सञ्जालमा विरोध हुनेमा आमिरको यो पहिलो फिल्म भने होइन । यसअघि पनि शाहरुख खान, रणवीर सिंहजस्ता सेलिब्रेटि अभिनित फिल्मलाई सामाजिक सञ्जालमा बहिष्कार गरिएको छ । तर, सामाजिक सञ्जालमा बहिष्कार हुँदा पनि ती फिल्महरूले बक्स अफिसमा राम्रो कमाइ गन सफल भएका छन् ।
यी हुन् सामाजिक बहिष्कारमा परेर पनि बक्स अफिसमा हिट भएका फिल्म :

माइ नेम इज खान : शाहरुख खानले आइपिएलमा पाकिस्तानी क्रिकेटर्सलाई खरिद गरेकोबारे टिप्पणी गरेपछि शिवसेनाले उनी अभिनित फिल्म ‘माइ नेम इज खान’ लाई बाइकट गर्ने माग उठायो । फिल्ममा शाहरुखसँगै काजोल पनि मुख्य भूमिकामा थिइन् । विरोधकैबीच फिल्मले बक्स अफिसमा ८५ करोड कमाइ गरेको थियो ।

पद्मावत : सञ्जय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतमा दीपिका पादुकोण, रणवीर सिंह र साहिद कपूर मुख्य भूमिकामा छन् । यो फिल्मको विरुद्धमा पनि करणी सेनाले आपत्ति जनाएको थियो । करणी सेनाको विरोध पछि राजनीतिज्ञहरूले पनि यो फिल्मको जमेरै विरोध गरेका थिए । यतिसम्म कि, फिल्म प्रदर्शन गरेमा त्यसमा आबद्ध स्टारकास्ट र निर्मातालाई ज्यान मार्ने धम्कीसमेत दिइएको थियो । यत्तिको कन्ट्रोभर्सी पछि पनि फिल्मले बक्स अफिसमा ५८५ करोड कमाइ गर्न सफल भएको थियो ।

गोलियो की रासलीला – रामलीला : सञ्जय लिला भन्साली निर्देशित यो फिल्ममा रणवीर सिंह र दीपिका पादुकोण मुख्य भूमिकामा देखिएका थिए । सुरुवातमा फिल्मको नाम ‘रामलीला’ मात्रै थियो । यो नामलाई लिएर नै धेरै विवाद उत्पन्न भयो । यो नामको विरोध गर्नेहरूले फिल्मले हिन्दू देवी देवताको अपमान गरेको आरोप थियो । नामलाई लिएर भारतको सुप्रिम कोर्टमा नै रिट परेपछि अदालतले फिल्मको टाइटल बदल्न आदेश दिएको थियो । सोही आदेशपछि निर्माणपक्षले फिल्मको नाम ‘गालियो कि रासलीला–रामलीला’ राखेको हो । प्रदर्शनमा आएपछि फिल्मले बक्स अफिसमा ११६.३३ करोडको व्यापार गर्न सफल भयो ।

दंगल : आमिर खान अभिनित फिल्म दंगललाई पनि बाइकट गर्नुपर्ने माग उठेको थियो । फिल्म रिलिज हुनु अघि नै आमिरकी पूर्व पत्नी किरण राओले देशमा बढिरहेको सहिष्णुताबारे बयान दिएपछि उनको फिल्मलाई बाइकट गर्ने लहर चलेको थियो । फिल्मलाई लिएर विवाद भएपनि बक्स अफिसमा हिट भयो । फिल्मले ३८७.३८ करोडको व्यापार गरेको थियो ।

पिके : रिलिजअघि सामजिक सञ्जालको बहिष्कारको शिकार हुनेमा आमिर अभिनित फिल्म ‘पिके’ पनि पर्छ । फिल्ममा हिन्दु धर्मका भागवानको फोटोको उपयोग गर्नुसँगै फिल्ममा देखाइएका अन्य दृश्यका कारण पनि विरोध भएको थियो । योसँगै फिल्मले धार्मिक भावनामाथि आघात पुर्याएको र न्यूडिटीलाई बढावा दिएको आरोप थियो । विरोधका बाबजुद पनि फिल्मले बक्स अफिसमा ३४०.८ करोडको कमाइ गरेको थियो ।