NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

वामदेव पार्टीबाट निष्कासित, समाजवादी केन्द्र गठन

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका केही सदस्यले संयोजकबाट वामदेव गौतमलाई हटाएर नयाँ दल गठन गरेका छन् । नयाँ दलको नाम समाजवादी केन्द्र राखिएको छ ।

संयोजकबाट गौतमलाई निष्कासित गरेर युवराज सफललाई नयाँ संयोजक तोकिएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरेर नयाँ पार्टी खोल्ने प्रक्रियामा अघि बढेको सफलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘मंगलबार बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘समाजवादी केन्द्र’ राख्ने निर्णय गरेको जानकारी निर्वाचन आयोगलाई गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हालै बसेको बैठकले संयोजक सफलसँगै कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, र मिठानाथ देवकोटा सम्मिलित अध्यक्ष मण्डल पनि गठन गरेको छ ।

साउन १५ मा गौतमले गठन गरेको नेकपा एकता राष्ट्रिय अभियानले दलको मान्यता पाएको थियो । तीन दिनपछि फेरि पार्टी फुटेको हो ।

हेरौं विज्ञप्ति :

 

 

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न

वामदेव गौतमको नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा [भिडियो]