NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचना आएपछि…

काठमाडौं । भारतको मुम्बई उड्न लागेको एक जहाजमा आतंकवादी रहेको सूचना बाहिरिएपछि नेपाल प्रहरीले सबै यात्रु ओराल्दै एक जनालाई पक्राउ गरेको छ ।

शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार दिउँसो प्रहरी मुख्यालयले सूचना दिएपछि नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजबाट यात्रु ओरालेर अनुसन्धान थालिएको हो ।

दिउँसो १:१० मा मुम्बई उड्नुपर्ने उक्त जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।

जहाजमा चालक दलका सदस्यसहित १४१ जना यात्रु रहेका थिए ।