NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

थप ९१५ जनामा काेरोना पुष्टि, ३०१ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार २ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा ११ लाख ३१ हजार  ८५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०१ सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ९ सय २६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६८ पुगेको छ । गत २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार चार सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष