NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सप्तकोशी नदीले बस्ती कटान गरेकोबारे के भन्छिन् उपमेयर राई ?

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोशी नदीले कटान गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका  छन् ।

सप्तकोशीकाे पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको र नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृह मन्त्रालयले जनाएकाे छ ।

No description available.

यसैबीच, नेपालवाचकर्मी अमरदीप श्रेष्ठले यस सम्बन्धमा बेलका नगरपालिकाकी उपमेयर जिरा राईसँग कुराकानी गरेका छन् । उनले भनिन् :

कोशीको बाँध फुटेकोभन्दा पनि पानीको बहाव बढेर भंगालो पसेको हो । उक्त स्थानमा पहिला पनि कोशीको भंगालो पसेको थियो ।  अहिले हामीले लगाएको बाँधकटान गरेर पसेको छ । अहिले धेरै पानी नपसेको तर बिस्तारै कटान हुँदै ठूलो मात्रामा पानी आउने सम्भावना छ ।

हामीले त्यहाँका मानव बस्तीहरूलाई हिजो-अस्तिको दिनदेखि नै अनुरोध गरेर सुरक्षित स्थानमा सरिसक्नु भएको छ । कोशी टापुमा सुनसरीका मानिसहरूको पनि बसोबास छ । उहाँहरू सुनसरीको छेउछाउँमा फर्किसक्नुभएको छ । आफन्त नभएकालाई हामीले सार्वजनिक स्थलमा राख्नका लागि व्यवस्थापन गरिरहेका छौँ ।

अहिले बेलका नगरपालिकाको वडा नम्बर ९ का केही भू–भाग प्रभावित भएका छन्र भने विशेष प्रभावित वडा नम्बर २ र ३ रहेका छन् । वडा नम्बर १ का केही भाग पनि पानीले प्रभावित पारेको छ । यद्यपि, पानी तलसम्म भने पुगिसकेको छैन । तर, बीच भागमा आइसकेको छ । सप्तकोशीको पुलभन्दा लगभग पाँचसय मिटर तलबाट जमिन फुटेको छ । कोशीको पुलभन्दा एक मिटर पर पश्चिमतिरबाट पनि फुटेको छ ।

पुलभन्दा तल समथर भू–भागकै बाँध फुटेको हो । बाँधेको बाँध फुटेको हो, पुरानो बाँध फुटेको हाेइन, पानीको बहाव बढेर मानवस्तीमा नजाओस् भनेर लगाएको बाँध फुटेको हो । सामान्य बगिरहेको ठाउँमा बहाव बढेपछि कटान हुन थालेको छ ।

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन