NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

कम्प्युटर अधिकृत घुससहित कार्यकक्षबाटै पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पुटर अधिकृत बिन्दु प्रधान श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ ।

लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत प्र्रधानलाई तीस हजार रुपैैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो ।

आयोगका अनुसार उनले सेवाग्राहीलाई करसम्बन्धी विषयमा आफूले सहयोग गर्ने भन्दै घुस माग गरेकी थिइन् ।

सोही सूचनाका आधारमा आयोगको टोलीले प्रधानलाई कार्यकक्षबाटै घुससहित पक्राउ गरेको हो ।