NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

उड्नै लागेको जहाजलाई जब प्रहरीले रोक्यो

काठमाडौं । कप्तान नरबहादुर विश्वकर्मा बुधबार दिउँसो १२९ यात्रु लिएर नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजलाई मुम्बईका लागि उडाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोनबाट ट्याक्सीवे हुँदै धावनमार्गतर्फ सोझ्याउने तरखर गर्दै थिए । विमानस्थल टावरबाट एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले जहाजमा आपराधिक क्रियाकलापमा संलग्न’ भएका कुनै व्यक्ति रहेको खबर गरे ।

कोपाइलट हीरा थापाका साथ ८ जना क्याबिन क्रूसहित पीआइसी (पाइलट इन–कमाण्ड) विश्वकर्मालाई एटिसीले दिएको खबरले झस्काइदियो ।टावरबाट एटिसीले दिएको खबरलाई थप पुष्टि गर्न उनले जहाजबाटै निगमको अपरेसन हेर्ने ग्राउण्ड कर्मचारीलाई सम्पर्क गरे । ककपिटमा रहेका चालक दल र विमानस्थलमा यात्रुलाई बोर्डिङ गराउने निगमका कर्मचारीले आधिकारिक पत्र भए मात्र जहाज रोक्न सकिने बताएपछि विमानस्थल प्रहरीले निगमलाई पत्र लेख्यो । प्रहरीबाट यस्तो पत्र आएको सन्देश पाएपछि चालक दलले जहाजलाई पार्किङ वेमा पुर्याए ।

त्यही सूचनाको आधारमा जहाजमा रहेका कैलालीमा सुन व्यवसाय गर्दै आएका सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गर्यो ।

एसपी सुमेन्द्रसिंह राठौरका अनुसार लामिछानेलाई भारका विभिन्न चोरीका सुन कैलाली ल्याई बिक्रीवितरण गरेको आरोपमा पक्राउ गरिएको हो, आजको कान्तिपुर दैनिकमा खबर छ ।