NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भक्तपुर क्यान्सर अस्पतालले माग्यो करारमा कर्मचारी

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा कर्मचारी माग गरेको छ । अस्पतालले बिहीबार (आज) सूचना जारी गर्दै विभिन्न १० पदका लागि कर्मचारी आवहन गरेको हो ।

अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर फिजिसियन, मेडिकल रेकर्डस्, हलुका सवारी चालक एक एक जना माग गरेको छ भने मेडिकल अफिसर र स्टानफ नर्स दुई दुई जना माग गरेको छ ।

अस्पतालका अनुसार इच्छुक योग्यता पुगेका उम्मेदवारले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिनसक्नेछन् । परीक्षाको किसिम लिखित र अन्तवार्ता हुने अस्पतालले जनाएको छ ।

No description available.