NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

फूड पोइजनिङ के हो कसरी बच्ने ?

काठमाडौं । दुषित भोजनको सेवनबाट हुने समस्या फूड पोइजनिङ हो । हामीले खाने दुषित खाना तथा पानीले यो समस्या आउँछ । चिकित्सकका अनुसार फूड पोइजनिङ हुनुको कारण बासी तथा सडे गलेका खाना हो । यसले ब्याक्टेरिया तथा भाइरसलाई सक्रिय गराउँछ ।

जसले हाम्रो पाचन क्रियालाई प्रभावित गर्छ । फूड पोइजनिङ प्रायः एन्टअमीबा, कैम्पिलोबैक्टर ब्याक्टेरिया, साल्मोनेला ब्याक्टेरिया, ई कोलाई ब्याक्टेरिया र नोरोभाइरसका कारण अधिक हुन्छ ।

एन्टअमीबा दुषित पानी तथा खानाबाट शरीरमा प्रवेश गर्छ । कैम्पिलोबैक्टर ब्याक्टेरिया जनावर तथा पक्षीको शरीरमा हुन्छ । व्यक्तिमा यो ब्याक्टेरिया मांसाहारी खाना तथा च्याउ खानबाट हुन सक्छ । साल्मोनेला ब्याक्टेरिया कुखुरा, अण्डा, तरबूज, क्यान्टलप, पिस्ता र स्प्राउट्समा पाइन्छ। साथै, बिग्रिएको दूध वा काँचो तरकारी खाँदा ई९कोलाई शरीरमा प्रवेश गर्छ।

यसको समयमै उपचार गरे एक हप्तामा निको हुन्छ । चिकित्सका अनुसार बान्ता र झाडापखाला रोकिएन भने यो घातक पनि हुन्छ । जसका कारण शरीरमा पानीको कमी हुन्छ । यसले पहिले मृगौलामा प्रभाव गर्छ ।  जसका कारण बिरामीको ज्यान समेतजान सक्छ ।

 बच्ने उपाय 

खराब खाना खाँदा मात्र फूड पोइजनिङ हुन्छ। मनसुनको समयमा खानामा ब्याक्टेरिया धेरै छिटो बढ्छ। बाहिरबाट मात्रै होइन घरको खाना खाँदा पनि यो रोग लाग्न सक्छ । खानालाई लामो समय स्टोर गरेर राख्नाले यस्तो समस्या देखिन्छ जसले गर्दा उक्त खानामा ब्याक्टेरियाले प्रवेश गरिसक्छ । यसबाट बच्न ५ देखि ६ घण्टाभित्र को खाना खानुपर्छ ।

उक्त समयभन्दा बढि राखेको खानाले फूड पोइजनिङ गर्छ । त्यस्तै, प्रोटिनयुक्त खाना भने चाँडो बिग्रन गर्छ । दाल तथा अन्य प्रोटिन भएको खानेकुरालाई ३ देखि ४ घण्टामा खानु उचित मानिन्छ । खानामा अमिलोपन तथा सेतो क्रस्ट देखा पर्यो भने त्यस्तो खाना खाँदा फूड पोइजनिङ सिघ्र हुन्छ । खानामा रंगको परिवर्तन भएको खानालाई टाढा राख्नाले यसबाट बच्न सकिन्छ ।

यसबाहेक अर्को बच्न उपाए भनेको तातो खाना हो । यसले ब्याक्टेरिउालाई मार्छ  र कम गर्छ । दुषित पानीको प्रयोगले पनि खाना  विषादियुक्त हुन सक्छ।

फूड पोइजनिङ विश्वकै एक सामान्य समस्या भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार १० जनामध्ये एक जना यसको सिकार हुन्छन् ।  त्यस्तै यसबाट ६० करोड मानिस प्रभावित हुने गरेका छन् । जसका कारण ४ लाख भन्दा बढिले ज्यानसमेत गुमाएका छन् ।  ५ वर्ष मुनिका ४० प्रतिशत बालबालिका दुषित खाना खाँदा बिरामी पर्ने गरेको  विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष