NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पूर्वपत्नीहरूलाई हरेक हप्ता भेट्छन् आमीर

एजेन्सी । बलिउडका मिस्टर परफेक्शनिस्ट आमीर खानले सम्बन्धबिच्छेदपछि पनि आफ्ना दुवै श्रीमतीलाई हप्तामा एकदिन भेट्ने गरेको बताएका छन् ।

उनी अभिनित चलचित्र ‘लालसिंह चड्डा’को प्रोमोसनमा ‘कफी विथ करण’ मा पुगेका आमीरले यस्तो बताएका हुन् ।

उक्त शोमा आमीरलाई सम्बन्धबिच्छेदपछि पूर्वपत्नीद्वय रिना दत्त र किरण रावसँगको सम्बन्धबारे प्रश्न गरिएको थियो । जवाफमा आमिरले आफूहरू जतिसुकै व्यस्त रहेपछि हप्तामा एकपटक सधैं भेट्ने गरेको बताए ।

‘हामी जतिसुकै व्यस्त रहेपनि एकअर्कासँग हप्ताको एकपटक भने भेट्छौं,’ उनले भने, ‘हामीबीच एकअर्कालाई लिएर साँच्चै केयर, माया र आदर छ ।’

आमीरले सन् १९८६ मा पहिलो पटक रिनासँग विवाह गरेका थिए । रिनासँगको सम्बन्धमा उनले सन् २००२ मा पूर्णविराम लगाए । त्यसको तीन वर्षपछि सन् २००५ मा दुईले विवाह गरेका थिए । विवाहको १६ वर्षपछि सन् २०२१ मा दुवैजना औपचारिक रूपमा अलग भए । आमीरको रिनाकोतर्फबाट दुई बच्चा आयरा र जुनैद छन् । त्यस्तै, किरणबाट एक छोरा आजाद छन् ।

आमीर अभिनित फिल्म ‘लालसिंह चड्डा आउँदो अगस्ट ११ मा प्रदर्शनमा आउँदै छ । यो फिल्ममा आमीर चार वर्षपछि पर्दामा देखिदैँछन् । उनको यसअघिको चलचित्र ‘ठग्स अफ हिन्दूस्तान’ नराम्रोसँग फ्लप भएको थियो ।