NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ मा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

२०७४ सालमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।

बुधबार सत्तारुढ दल मंसिर ४ मा निर्वाचन गर्न सहमति भएपछि सरकारले मिति तोकेको हो ।

अब एकै चरणमा प्रतिनिधिसभाका १६५ क्षेत्र र प्रदेशसभाका ३३० क्षेत्रमा चुनाव हुनेछ ।

यस अघि निर्वाचन आयोगले पनि मंसिर २ वा ४ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गराएको सरकारले ६ महिनालगत्तै अर्को महत्वपूर्ण निर्वाचन गर्न लागेको हो ।

निर्वाचन तयारीको लागि सामान्यतया १२० दिनको समयवधि आवश्यक पर्नेमा सरकारले १०७ दिनको समय राखेर मिति घोषणा गरेको हो ।

२०७४ सालको निर्वाचनमा एमाले प्रत्यक्षमा ८० र समानुपातिकका ४१ सिट जितेर आफूलाई सबैभन्दा ठूलो दल बनाएको थियो ।

माओवादीले प्रत्यक्षमा ३६ र समानुपातिकमा सिट जितेको थियो ।

कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो ।

एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेसका शीर्ष नेताहरू पराजित भएका थिए ।

यसपटक कांग्रेस, माओवादी, नेकपा एस, जसपासहितकाे सत्ता गठबन्धनबीच तालमेल हुने सम्भावना बढी छ ।

यस्ताेमा एमालेलाई कठिन हुने देखिएकाे छ ।