NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

राष्ट्रिय सहकारी बैंक २०औं वर्षमा

काठमाडाैं । राष्ट्रिय सहकारी बैंक स्थापनाको १९ वर्ष पार गरी २०औं वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

उक्त सहकारी बैंक सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारका लागि २०६० सालमा अनुमति पाएको थियो । सहकारी संस्थाको एकमात्र बैंकको रुपमा क्रियाशील बैंकले २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सफल भएको छ ।

बैंकको आन्तरिक सबलीकरण तथा सुशासन कायम गर्दै नवीनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिति, गुणस्तरीय सेवामार्फत् सहकारी संघसंस्थाको दिगो विकासमा टेवा पुर्याउँदै सहकारीहरूको आन्तरिक सबलीकरण र व्यावसायिक सफलताका लागि बैंकले वित्तीय तथा गैर–वित्तीय सेवाहरु प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा बद्री गुरागाईंले बताए । साथै ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ को रुपमा परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको गुरागाईंले जानकारी दिए ।

हाल राष्ट्रिय सहकारी बैंकका देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघसंस्थाहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गरिरहेको  उनले जानकारी दिए ।

यस बैंकले संस्थागत सुशासन र सदस्यमुखी व्यवहारमा उल्लेख्य प्रगति हासिल गर्दै मुलुकभर रहेका करीव ३० हजार सहकारी संघ र संस्थाहरुको एउटै र आफ्नै बैंकको रुपमा सात वटै प्रदेशमा रहेका ६८ वटा शाखा र केन्द्रीय कार्यालय गरि ६९ कार्यालयबाट सेवा विस्तार गरेको छ ।

साथै करिव १६ हजार सदस्य सहकारी संघरसंस्थाहरुलाई वित्तीय सेवाका अतिरिक्त संस्थागत सुशासन एवम् वित्तीय अनुशासनका लागि सहकारी स्तरीकरण, सहकारी तालिम शिक्षा दिँदै आएको छ ।