NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष बर्खास्त

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सरकारले बर्खास्त गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो ।

यसअघि पनि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उनलाई उक्त पदबाट निलम्बन गरेका थिए । निलम्बनमा परेपछि सर्वोच्च अदालतमा रिट दायर गरी ‘स्टे अर्डर’ लिएर उनी पुनः फर्किए ।

सर्वोच्चले सो पद बाट तत्कालका लागि निलम्बन नगर्नू भनेका अधिकारीलाई आजको क्याबिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनलाई २०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । निगमकै पूर्व कर्मचारीसमेत रहेका अधिकारीले उमेरहदका कारण अवकाश पाएका थिए ।