NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ असोज २० गते

पहिले एमाले र माओवादी मिल्दा कांग्रेसको दुरावस्था, अब के होला एमालेको अवस्था ?

काठमाडौं । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेसँगै सबैको ध्यान आगामी निर्वाचन केन्द्रित हुँदैछ । बुधबार सत्तागठबन्धनबीच मंसिर ४ गते निर्वाचन मिति घोषणा गर्ने सहमति बनेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मितिबारे निर्णय लिएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले आन्तरिक कारण देखाउँदै २०७७ पुस ५ र २०७८ जेठ ८ मा दुईपटक संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेको थियो । तर संसद विघटन गर्ने ओली सरकारको निर्णय संविधान विपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतले बदर गरेको थियो । सर्वोच्चको फैसलासँगै गठन भएको देउवा सरकारले एक वर्षपछि निर्वाचन मिति घोषणा गरेको हो ।

अघिल्लो पटक एमाले र माओवादीबीच चुनावी तालमेल गरी निर्वाचनमा होमिएको वामगठबन्धनले देशभर अत्याधिक बहुमत ल्याएको थियो । कांग्रेस २३ सिटमामात्रै खुम्चिए, उसका प्रभावशाली नेताहरूले पराजय बेहोर्न पुगे ।

अघिल्लोपटक मंसिर १० र २१ मा दुई चरणमा निर्वाचन भएको थियो । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी जम्मा २७५ निर्वाचन क्षेत्रमा वामगठबन्धनले १७५ सिट हात पार्यो । नेपाली कांग्रेस ६३ सिटमा खुम्चियो, जसमा २३ सिटमात्रै प्रत्यक्षका थिए । त्यतिबेला

वामगठबन्धनका कारण कांग्रेसका शीर्ष र चर्चित नेताहरू नै पराजित भएका थिए । २०७४ मा दलहरूले पाएका प्रत्यक्ष र समानुपातिक सिट संख्या यस्तो थियो

२०७४ को स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनसँग एक्लै भिडेको एमालेले प्रतिनिधिसभा निर्वाचनमा सबैलाई चकित पार्दै ओली–प्रचण्ड चुनावी तालमेलदेखि पार्टी एकतासम्मको प्रस्ताव लिएर निर्वाचनमा होमिए । एक अर्काका कटु आलोचक रहेका शीर्ष नेता एक ठाउँमा आउँछन् भन्ने कसैले अनुमान र कल्पनासमेत गरेका थिएनन् । तर राजनीतिमा असम्भव भन्ने केही छैन भन्ने उक्तिलाई चरितार्थ गर्दै ओली र प्रचण्डले ४१ र ३९ प्रतिशतको भागबण्डासमेत मिलाएका थिए । वामगठबन्धनलाई आम मतदाताले पनि अत्याधिक मत दिएर अनुमोदन गरेका थिए ।

चुनावी परिणाम अनुसार एमाले एक्लैले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको थियो । त्यस्तै माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेर तेस्रो भएको थियो । नेपाली कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जित्यो । महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनशक्ति पार्टी(राजपा)ले प्रत्यक्ष ११ र समानुपातिक ६ सिट गरी चौंथो शक्तिमा उदाएको थियो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले प्रत्यक्ष १० र समानुपातिकमा ६ सिट जितेर पाँचौं दलमा सीमित भयो । यसैगरी प्रत्यक्षतर्फ राप्रपा १, नयाँशक्ति पार्टी १, राष्ट्रिय जनमोर्चा १, नेमकिपा १ र स्वतन्त्र १ सिट जितेको थियो । यी दलहरूले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फ एक सिट पनि पाउन सकेनन् ।

समग्रमा कुन दलले कति मत पाए ?

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ पहिलो दल बनेको एमालेले समग्रमा ४०.३४ प्रतिशत मत पाएको थियो । प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेसले समग्रमा ३२.४२ प्रतिशत मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले १५.६३ प्रतिशत मत पाएको थियो । प्रत्यक्षतर्फ पाँचौं स्थानमा रहेका संघीय समाजवादी फोरम समग्रमा ४.१६ प्रतिशत मत ल्याएर चौंथौ दल बन्न सफल भएको थियो । त्यस्तै राजपाले ३.२२ प्रतिशत मत पायो । यसैगरी प्रत्यक्षतर्फ एकसिट पनि नजितेको नेपाल लोकतान्त्रिक फोरमले १.२८ प्रतिशत मत पाएको थियो । त्यस्तै राप्रपा ०.८ प्रतिशत, स्वतन्त्र ०.६६ प्रतिशत, राजमो ०.५३ प्रतिशत नयाँशक्ति ०.३२ प्रतिशत र नेमकिपाले ०.२८ प्रतिशत मत पाएको थियो ।

के होला अब ?

यसपटक प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच नै सहमति गरेर चुनाव लड्ने विषयलाई सबैभन्दा बढी प्राथमिकता राखेका छन् । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनको सहारामा कांग्रेसले ७५३ मध्ये ३२९ सिट जितेको थियो ।

यसैले कांग्रेसले फेरि पनि सत्ता गठबन्धनसँग मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लड्ने निर्णय गरिसकेको छ । स्थानीय तहको निर्वाचन आफ्नो दल अनुकूल आएपछि छिटो चुनावको आवश्यकता कांग्रेसलाई सबैभन्दा बढी छ । किनकी ढिलो हुँदा गठबन्धन भत्कन सक्ने माओवादी एमालेतिर जान सक्ने जोखिम आउनै नदिनेमा देउवा छन् । यसैले छिटो चुनावको विषयलाई प्रधानमन्त्री देउवाले सबैभन्दा बढी प्राथमिकतामा राखेका छन् ।

योपटक कांग्रेसले वामलोकतान्त्रिक गठबन्धन बनाइ निर्वाचनमा होमिने तयारी गरेको छ । एमाले गठबन्धनसँग एक्लै चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिंदै छ । निर्वाचनको माहोलसँगै राजनीतिक दलहरू चुनावी जोडघटाउनमा लागिरहेको अवस्थामा अघिल्लो पटक प्रतिनिधिसभा दलगत अवस्था कस्तो थियो भन्ने विषयले धेरै अर्थ राख्ने देखिन्छ ।

किनकी अघिल्लोपटक एमालेसँग मिलेको माओवादी यसपटक स्थानीय तहको निर्वाचनबाटै कांग्रेससँग जोडिएको छ । कुनै अस्वभाविक घटना नभए अहिलेकै सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने सम्भावना धेरै छ । यस्तै समीकरण बने एमाले धेरै नै कमजोर हुने मिडिया रिपार्टेहरू आइरहेका छन् ।

त्यसैले एमालेले सत्ता गठबन्धनलाई चुनाव अघि फुटाउने नीति नै लिएको छ । यसको लागि तत्काल साना कम्युनिष्ट घटकसँग सहकार्य गर्ने, तराई मधेसमा केन्द्रित पार्टीसँग मिलेर जान प्रस्ताव गर्ने नीति एमालेको छ । साथै निर्वाचनमा मिलेर जान माओवादी र नेकपा एसलाई पनि प्रस्ताव लिएर जाने तयारीमा एमाले छ ।

एमाले अध्यक्ष केपी ओलीले फेरि पनि कम्युनिष्ट दलबीच मिलेर जान सकिने आसय प्रकट गरिसकेका छन् । यस्तोमा फेरि माओवादी र नेकपा एस कांग्रेस र एमालेको तानातानमा पर्ने देखिएको छ ।

अर्कोतिर पार्टी नै विभाजन हुनुले पनि एमालेले धक्का लगाएको छ । पार्टी विभाजनले एमालेले स्थानीय तहको निर्वाचनमा समेत केही महत्वपूर्ण आधारक्षेत्र नै गुमाएको थियो । अहिलेको सत्ता गठबन्धनसँग एक्लै भिड्नुपरे अघिल्लोपटकको कांग्रेसको हालत हुने बुझाई एमालेको छ ।

२०७४ को चुनाव : यी हुन् ५० हजार बढी लोकप्रिय मत ल्याएर जित्नेहरू

एमालेले १० देखि ३० हजार मतान्तरले जितेका २८ सिट कुन–कुन हुन् ?

कांग्रेसले एक्लै चुनाव लड्दा ५ हजारभन्दा कम मतान्तरले गुमाएका ४० सिट कुन–कुन हुन् ?

चितवनबाट प्रचण्ड हार्ने हिसाबकिताब यस्तो छ

ताजा अपडेट

नेपालवाच विशेष