NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सांसदले अब तलब–सुविधा लिन मिल्दैन : संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले चुनावको नयाँ मिति घोषणा गरेपछि प्रतिनिधिसभा स्वतः भंग हुने बताएका छन् ।

प्रतिनिधिसभा अवधि आमामी चुनावसम्म हुन्छ भन्ने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइप्रति असहमति राख्दै उनले यस्तो बताएका हुन् ।

‘मिति तोकेपछि संसद् स्वतः भंग भएको मानिन्छ अर्थात् निष्कृय हुन्छ । सांसदहरू पदमा रहेको मानिँदैन,’ नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘तलब सुविधा पनि लिन हुँदैन ।’

अहिले संसद् सक्रिय भएमा नयाँ संसद्को कार्यक्षमतालाई प्रभावित बनाउने उनले तर्क राखे ।

संविधानतः मंसिर १० मा प्रतिनिधिसभाको चुनाव गराइसक्नुपर्ने प्रावधान रहेकोमा सरकारले ६ दिनअघि नै मिति तोकेर संविधानको मर्मलाई आत्मसात गरेको भन्दै संविधानविद् आचार्यले चुनावी घोषणाको भने स्वागत गरेका छन् ।

चुनाव घोषणापछि अब के हुन्छ प्रतिनिधिसभाको हैसियत ?