NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

उत्तरपुस्तिकामा फोन नम्बर लेखी कल गर्न आग्रह गरेपछि लोकसेवाको परीक्षा रद्द

काठमाडौं । कर्णाली प्रदेशले गत साउन ७ गते लिएको लोकसेवा आयोगको चौथो सेवाअन्तर्गत अहेब पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी एक परीक्षार्थीले उत्तरपुस्तिकामा फोन नम्बर लेखी कल गर्नु भनेपछि प्रदेश लोकसेवा आयोगले परीक्षा रद्द गरिदिएको छ ।

परीक्षामा सहभागी परीक्षार्थी सल्यान सिद्धकुमाख–२ का नवीन रेउले रहेका छन् । उनले परीक्षाको उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो नम्बर लेखी कल गर्न अनुरोध गरेका थिए ।

प्रदेश लोकसेवा आयोगले उनको परीक्षा रद्द गरी आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी विज्ञापनमा उम्मेदवारी दिन नपाउने गरी रोक लगाएको छ ।

No description available.