NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

को हुन् परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका सुवेदी ?

काठमाडौं । सरकारले अरुणकुमार सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारको रूपमा नियुक्त गरेको छ ।

सञ्चारमाध्यममा आफूलाई राजनीतिक विश्लेषक र जलस्रोत विज्ञका रुपमा चिनाउँदै आएका सुवेदीलाई आजको मन्त्रिपरिषद्को बैठकले उक्त नियुक्ति दिलाएको हो ।

तर, मन्त्रालयका अधिकारीहरूको भनाइमा सुवेदी परराष्ट्रका विज्ञ भने होइनन् । ‘उहाँ यस मामिलामा त्यत्ति विज्ञ मान्छे होइनन्,’ एक अधिकारीले भने, ‘सरकारले केही समायोजन मिलाउनै भएपनि नियुक्ति दिएको हुन सक्छ ।’

उद्यमीसमेत रहेका सुवेदीले कुनै समय पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीका छोरासँगको सहकार्यमा मुक्तिनाथ केबलकार चलाउन खोजेका थिए । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म केबलकार सञ्चालन गर्ने उनको यो महत्वकांक्षी परियोजनाले हालसम्म सार्थकता भने पाउन सकेको छैन ।

मिलेनियम च्यालेन्ज कर्पोरेजन (एमसिसी) पारित गर्नुपर्छ भन्ने विषयमा पनि सुवेदीले सशक्त अभिव्यक्ति दिँदै आएका थिए । काठमाडौंको कपन निवासी सुवेदीलाई एकजना वृद्धको जग्गा कागजात गरी ९ लाख रूपैयाँ लिएर फरार भएको र एकजना मारवाडी समूदायका व्यक्तिलाई अख्तियारबाट मुद्दा मिलाइदिन्छु भन्दै ४० लाख ठगेको आरोप छ ।

प्रधानमन्त्री देउवाले एक वर्षपछि बल्ल आफ्नो पराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका हुन् ।

सांसदले अब तलब–सुविधा लिन मिल्दैन : संविधानविद् आचार्य