NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

विदेश पठाइदिन्छु भनेर ठगी गर्ने मेनपावरविरुद्ध ८७ लाख बिगो मागसहित मुद्दा दर्ता

काठमाडौं । आकर्षक तलव–सुविधासहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा अरेबिया ओभरसिज प्रालि नामक मेनपावरका तीनजना सञ्चालकविरुद्ध बबरमहलस्थित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता भएको छ ।

उक्त मेनपावरका सञ्चालकहरू अमरबहादुर गुरुङ, भरतबहादुर बुढाथोकी र मोहनप्रसाद चापागाईँले पोल्याण्ड, चेक रिपब्लिक लगायतका युरोपेली देशमा पठाइदिन्छु भनेर यज्ञराज सुनुवारलगायतसँग ५८ लाख रुपैयाँ लिएको तर पछि नपठाएर रकम हिनामिना गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पीडित सुनुवारको उजुरीका आधारमा ठगीमा संग्लग्न तीन जनालाई ठगेर लिएको बिगो र ५० प्रतिशत हर्जाना वापतको रकम ८७ लाख को मागदाबीसहित वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अरेबिया ओभरसिजका सञ्चालकहरूले पीडितको राहदानीसमेत फिर्ता नगरेको विभागले जनाएको छ ।

हेरौं विज्ञप्ति :

३८ जनालाई ठगी गर्ने मेनपावरविरुद्ध झण्डै दुई करोड ८० लाख बिगो मागदाबीसहित मुद्दा दायर