गगन र बालेनबीच चार विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।
आफूले प्रमुख शाहसँग बुधबार भेट गरेको महामन्त्री थापाले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
भेटमा काठमाडौंको फोहर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका चार विषयमा अर्थपूर्ण छलफल भएको महामन्त्री थापाले बताएका छन् ।
उनले काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा आफ्नो साथ निरन्तर रहनेसमेत प्रतिबद्धता जनाएका छन् ।
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर–मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौं महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
सत्ता गठबन्धनबीच तालमेल भए पनि काठमाडौं ४ मा गगनलाई चुनाव जित्न कसरी हुँदैछ कठिन ?
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया