NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

बिजबजारको भारी छुटसहितको ‘२० मा बिज’ नामक क्याम्पेन सुरु

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिज नामक’ क्याम्पेनअन्तर्गतको श्रावण महिनाको क्याम्पेन सुुरू गरेको छ ।

बिजबजारले सुरू गरेको उक्त क्याम्पियन बिहीबार राती १२ बजे देखि २२ गते सम्म प्रत्यक्ष हुने भएको छ।

श्रावण २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेल सञ्चालन गर्ने जनाएको छ । जसअन्र्गत भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

उक्त क्याम्पेन अन्तर्गतको टेन्ड्री अवतार अन्तर्गत सबै वर्गका ग्राहकले फेसनसँग सम्बन्धित सामानहरूमा, इलेक्ट्रीफाइन बचतअन्तर्गत इलेकट्रोनिक्स सामानहरूमा, हेल्थ एण्ड ब्युटि अन्तर्गत सो सम्बन्धी सामानहरूमा, गो स्पोट्स क्र्रजिअन्तर्गत खेलकुद तथा फिटनेस सामानमा र ह्यापी पजअन्तर्गत घरपालुवा जनावरका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्नेछन् । साथै पानी पर्यो अफर झर्योअन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुट सहित अन्य आकर्षक अफरसमेत प्राप्त गर्न सक्ने बिज बजारले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार भाग्यमानी २० क्वीजअन्तर्गत २० जना विजेताले १०० रुपैयाँ बराबरको मोबाइल टपअप जित्नेछन् साथै क्याच एण्ड विन् खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ पर्यो अन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।

२० मा बिजका कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जानकारी गराएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिज बजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै बिज बजारको वेवसाइटमार्फत पनि यो सेवा लिन सक्ने कम्पनीले जनाएको छ । ।