NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडौं । नेपालको अग्रणी पाइप तथा फिटिंग्स उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेको जनाइएको छ ।

कम्पनीका अनुसार उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले उल्लेख गरेको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।

अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा खुसी भएको व्यक्त गरे । उनले भने, ‘यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ’ । हाम्रा उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन् । साथै उनले डिलहरुको सहभागीतले भविष्यमा पनि अवलोकन कार्यक्रम गर्न हौसला मिलेको कार्यत्रलममा बताए ।