NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी हुन् गठबन्धनको सिट बाँडफाँट गर्न खटिने ९ जना

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको हो ।

यस्तो छ ४ मंसिरको चुनावका लागि सत्तारुढ दलले गरेको तालमेलको सहमति

कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई–दुई जना सदस्य परेका छन् ।

कार्यदलमा कांग्रेसबाट कृष्ण सिटौला र सरकारका प्रवक्तासमेत रहेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा रहेका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल सदस्य रहेका छन् ।

यसैगरी, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गर्ने सञ्चारमन्त्री कार्कीले बताए । उनका अनुसार तथ्य आँकलनपछि सिट बाँडफाँटको प्रारुपहितको सुझाव पनि पेस गर्नेछ ।

सरकारले बिहीबारमात्र आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेको हो ।

शुक्रबार नै बसेको सत्तारुढ पाँच दलको बैठकले भदौको पहिलो साताभित्र चुनावी तालमेलका सबै काम टुंग्याउने सहमति गरेको थियो ।

भदौको पहिलो साताभित्रै सत्तारुढ दलले चुनावी तालमेलको काम टुंग्याउने