अर्थमन्त्री शर्माको प्रेस विज्ञमा धिताल नियुक्त

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस विज्ञको रुपमा जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गरेका छन् ।
अर्थमन्त्री सचिवालय स्रोतका अनुसार पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञको रुपमा नियुक्त भएका हुन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।
करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया