NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

‘नोकिया नेपाल इनोभेसन डे २०२२’ को आयोजना

काठमाडाैं । नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ को आयोजना गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी आयोजना सम्पन्न गरेको हो ।

२०१७ सालमा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो भने हाल १० लाख भन्दा बढी नेपाली घरहरुसम्म आफ्ना ग्राहक अपरेटरहरुमार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पु-याउन सफल भएको कम्पिनीले जनाएको छ ।

कम्पनका अनुसार नाेकियाले नेपाललाई ५जी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने, लक्ष्य लिएको छ । जसको मुख्य उद्देश्य भनेको उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभनेसाथ साथैहरके कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई सशक्तिकरण गराउनु पनि हो ।

नोकिया नेपाल इनोभेसन डे कार्यक्रममा, नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्बाध रुपमा जडान गर्न, नयाँसेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो ।

उक्त कार्यक्रमका मुख्य विषयहरु क्रान्ति जारी गर्दै,  इन्डस्ट्री ४.० को डिजिटल युगमा रुपान्तरण र गीगाबिट युगमा गति बढाउँदै रहेको छ ।

पहिले भन्दा अझ छिटो, धेरै मात्रामा फलदायी रुपमा जडान गर्ने फ्यूचर-प्रूफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भनी, नेपालका दूरसंचार संचालकहरुले बुझेर लाभ उठाउने कम्पनीको दाबी छ । थप सक्रिय, डिजिटल र दिगो भविष्यका निम्ति विज्ञहरुले उद्योगहरु, सरकारहरु र शहरहरुको लागि उद्देश्य- डिजाइन नेटवर्कहरु निर्माण गर्ने बारे कुरा गरेका छन् । एजेन्डामा बिजुली र उपयोगिता, सार्वजनिक सुरक्षा, यातायात, स्मार्ट शहरहरु लगायत विभिन्न उद्योग भर्टिकल्सहरुका लागि इन्डस्ट्रि द्ध।ण् को निम्ति छन् प्रयोग गर्ने बारे छलफलहरु समावेश गरिएको थियो ।

नोकियाले मोबिलिटी, फिक्स्ड नेटवर्क, आईपी र अप्टिकल नेटवर्क र इन्टरप्राइजेजका लागि आफ्नो बजार अग्रणी समाधानहरु प्रदर्शन गरेको थियो भने नेटवर्कहरु स्केलमा प्रदर्शन गर्ने बारे, गतिमा अनुकूलन गर्ने, ग्राहकको अनुभव बढाउने र नयाँ राजस्व स्ट्रिमहरु अनलक गर्ने र डिजाइन गर्न सकिन्छ भनेर प्रदर्शन गरेको थियो ।