NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब : बल्ल बोल्यो नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि विश्वका दुई शक्तिराष्ट्र अमेरिका र चीनबीच तनाब चुलिएको छ । गत मंगलबार ताइवान गएकी पेलोसी छोटो भ्रमण सकेर बिहीबार नै स्वदेश फर्किसकेकी छिन् । तर, अमेरिका र चीनबीचको तनाब भने चुलिँदै गएको छ ।

यसैबीच, दुई देशको तनाब बढिरहँदा नेपालले पनि प्रतिक्रिया दिएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलन गर्दै यसबारेमा आफ्नो धारणा राखेको हो ।

ताइवान तनावका विषयमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल सधैं अन्तर्राष्ट्रिय शान्तिका पक्षमा रहेको बताएकी छिन् । उनले नेपाल जहिल्यै एक चीन नीतिको पक्षमा रहेको उनले स्पष्ट पारेकी छिन् ।

‘नेपाल र चीन दुवै देश एक–अर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता पक्षमा छौं । नेपाल सधैं अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको छ,’ उनले भनिन् ।

यसैबीच, शुक्रबार नै गृहमन्त्री वालकृष्ण खाँडले चिनियाँ राजदूत होऊ यान्छीलाई भेट गरेर नेपाल एक चीन नीतिकोे पक्षमा रहेको स्पष्ट पारेका थिए ।

चीनलाई अमेरिकाको प्रश्न, ‘पेलोसीले ताइवान भ्रमण गर्दा उत्तेजित हुनुपर्ने कारण के ?

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको भेट

ताजा अपडेट

नेपालवाच विशेष